३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या

फाइल तस्वीर

जिल्ला कारागारमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाइँ साँघुरो हुँदा पसीनाका कारण दाद, पिलो लगायतका समस्या देखिएको उनले बताए।

१५ दिनदेखि यो समस्या बढ्दै गएको उनले। उनले भने, ‘यो समस्या अझै फैलन सक्ने देखिन्छ।’

गर्मी बढेसँगै छाला र झाडापखालाको समस्या समेत देखिएको उनले बताए।

अहिले २५ जनामा झाडा-पखालाको समस्या देखिएको उनले बताए। यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ।

कारागारमा सात सय ४० कैदीबन्दी छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन्। तीसँगै आश्रित चार बालबालिका रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।

प्रकाशित: २७ जेष्ठ २०८० ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App