१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।  

ज्वरोकै कारण दिपु उनको यही जेठ ६ गते मृत्यु भएको हो। पछि मृतकको घर वरिपरि विरामीले थला परेपछि तत्कालै-७ का वडा अध्यक्ष तेजबहादुर जिसीले जनस्वास्थ्य कार्यालय जुम्लामा खवर गरेका थिए।

तुरुन्तै कर्णाली प्रतिष्ठानको टोली ५३ जना विरामी चेकजाँच गरेर फर्केर आएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताए।  

उनका अनुसार ५३ जना मध्ये ८ जना अलि गम्भीर प्रकृतिका थिए। त्यसमा दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। अहिले उनीहरु दुई जनाको उपचार भइरहेको छ। भने अवस्था सामान्य रहेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताए। कोभिडको शंकामा चेकजाँच गरिएको र उनीहरुको रिपोर्ट भन्ने भोलि सम्म आउने उनले बताए।

विरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको छ। उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डाक्टर विशाल रोकाया सहित दुई जनाको टोली त्यहाँ खटाएको छ। भने जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाईले बताए।  

गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो। उक्त वडामा १ सय १५ घरधुरी छन्। अहिले प्रत्येकको घर घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गरिएका छन्। स्थानीयको स्वास्थ्य चेकजाँच र औषधोपचार भइरहेको जनस्वास्थ्य कार्यालय जनाएको छ।

गाउँमा बिहान बेलुका सुख्खा हावाहुरी चल्ने र मौसम परिवर्तनको समयमा रुघाखोकी ज्वरो, टाउको दुख्नेलगायतका समस्या देखिने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। 

प्रकाशित: १९ जेष्ठ २०८० ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App