१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ, बढाउन पहल गर्छौ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताएका छन्।

आज मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। “सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ। कर बढाउँदा सुर्तीजन्य पदार्थ नखाएपछि स्वास्थ्य जोगिन्छ”, उनले भने।

मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने जिकिर गरेका छन्। 

“स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन। अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएको समेत बताए। स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उनको भनाइ थियो। 

उनले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताए।

प्रकाशित: २७ वैशाख २०८० १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App