१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२४ परीक्षण गर्दा १३६ जनामा संक्रमण देखिएको हो।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ। हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ।

मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

प्रकाशित: १ वैशाख २०८० १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App