१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण फेरि बढ्यो

गत चौबिस घण्टामा नेपालमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा १ सय २३ जना सक्रिय संक्रमित रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। २४ घण्टामा परीक्षण भएका ९ सय १५ वटा नमुनामध्येमा ४२ जनामा कोरोना पुष्टि भएको हो।

एक सातायता दैनिक संक्रमित हुनेको संख्या बढिरहेको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताए। गत चौबिस घण्टामा सबैभन्दा बढी काठमाडांैमा संक्रमित भएका छन्। संक्रमितमध्ये ३४ जना वाग्मती प्रदेशमा छन्।

दैनिक बढिरहेको कोरोना कति प्रभावकारी प्रकारको भेरियन्ट हो भन्नेबारे थाहा नभइसकेको महाशाखाका प्रमुख डा. दासले बताए। दैैनिक संक्रमण पुष्टि भएका नमुनाको जिन सिक्वेन्सिङ भइरहेको र रिपोर्ट आएपछि मात्र यकिन हुने डा. दासले बताए।

‘नयाँ भेरियन्ट हो वा भारतमै देखा परेको ओमिक्रोन भाइरसको उपरिवर्तन भेरियन्ट हो भन्ने जिन सिक्वेन्सिङको रिपोर्टपछि मात्र भन्छौं,’ उनले भने। अस्पतालमा पुगेका बिरामीको लक्षण हेर्दा ओमिक्रोन भाइरसको भन्दा भिन्न प्रकारको रहेकोले परीक्षणपछि मात्र यकिन गर्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका प्रमुख डा. शेर बहादुर पुनले बताए।

उनको अनुसार अहिलेका कोरोना संक्रमितमा स्वाद र गन्ध नआउने र जिउ दुख्नेलगायतका लक्षण छन्। जुन लक्षण ओमिक्रोन भाइरससँग मिल्दैन। लक्षण हेर्दा भारतमा देखिएको ओमिक्रोनको उपभेरियन्ट जस्तो नभई विभिन्न उपभेरियन्टबाटै बनेको हाइब्रिड भेरियन्ट हुन सक्ने डा. पुनको अनुमान छ। ‘भारतमा बढेसँगै देखा परेकोले ओमिक्रोनको उपप्रजाति हुन सक्ने देखिए पनि नेपालमै देखा परेको नयाँ उपप्रजाति पनि हुुन सक्छ,’ उनले भने। 

प्रकाशित: १७ चैत्र २०७९ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App