coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

छारे रोग सम्बन्धी न्यूरो हस्पिटलको सचेतना र्‍याली

विश्व छारे रोग दिवसका अवसरमा विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतना मूलक र्‍याली निकालेको छ। न्यूरो हस्पिटलदेखि सुरु भएको र्‍यालीले विराटनगर महानगरपालिकाभित्र नगर परिक्रमा गरेको थियो।

र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो। ‘छारे रोग बारे घर–घर, टोल–टोलमा कुरा गरौँ, छारे रोग सरुवा रोग होइन, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ’, लगायतका प्लेकार्डसहित सचेतना र्‍यालीमा सहभागी रहेका थिए।

विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्तासम्म निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धी उपचार सेवाका लागि हस्पिटलले ओपिडी सेवा निःशुल्क राखेको हो। स्वास्थ्य जाँच गरिएका बिरामीहरूका लागि औषधि पनि वितरण गरिने हस्पिटलले जनाएको छ।

हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएको छ। समयमै उपचार गरौँ, छारे रोगबाट बचौँ भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मूलक कार्यक्रम गर्दै आएको हाे।

यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरु गर्ने गरेको छ। २२ वर्षदेखि निरन्तर न्यूरो हस्पिटलले स्वास्थ्य सेवामा प्रदान गर्दै आएको छ।

प्रकाशित: १२ चैत्र २०७९ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App