coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव

जिल्ला अस्पताल दैलेख रहेको स्वास्थ्य सेवा कार्यालय। तस्बिर : गोविन्द केसी/नागरिक

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको छ। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने औषधी अभावका कारण सेवाबाट बञ्चित भएका हुन्।

सरकारले वितरण गर्ने नि:शुल्क समेत अभाव हुन थालेपछि विरामीहरु निजि मेडिकलबाट चर्को मुल्य तिरेर किन्न बाध्य भएका छन्। जिल्लाबाट औषधी माग हुँदा समेत प्रदेश र केन्द्रबाट औषधी पठाउन बेवास्ता गरेका कारण औषधी अभाव भएको हो।

सोमबार जिल्ला अस्पताल पुग्ने दिर्घरोगी तथा अन्य विरामीहरुलाई अस्पतालका कर्मचारीहरुले औषधी नभएको भनेपनि मेडिकलबाट किन्नु परेको गुनासो पीडितहरुले गरेका छन्।

दैलेख जिल्ला अस्पतालमा प्रेसर, एर्लजी लगायत सामान्य औषधी लिन जादाँ समेत उता यता जानु भनेर अन्तिममा औषधी नदिएर स्वास्थ्यकर्मीले पठाएको दु:खेसो जेष्ठ नागरिक इन्द्रिरा थापाले पोखिन्। ‘जिल्ला अस्पतालमा सरकारले वितरण गर्ने औषधी समेत पाएन्।’ ईन्द्रिरा थापाले भनिन् : ‘कर्मचारीहरुले औषधी लिन यताउता घुमाएर, औषधी नदिई पठाए।’

हिजोआज जिल्ला अस्पताल दैलेख पुग्ने विरामीहरु अस्पतालमा प्राय औषधी सकिएकाले औषधी पाउँदैनन्। अन्तत: निजि मेडिकलमा चर्को मुल्य तिरेर औषधी किन्नुपर्ने बाध्यता रहेको छ। अस्पताल प्रशासनले प्रदेशदेखि केन्द्रसम्म औषधी माग गरेपनि औषधी नआईपुगेको स्विकार गरेको छ।

प्रदेश र केन्द्रले स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाहरुमा औषधी पठाउने गरेपनि जिल्ला अस्पतालमा पठाउन हेरचक्राई गर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। जिल्ला अस्पतालमा केही औषधी अभाव रहेपनि अन्य औषधीहरु अभाव नभएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले बताए।  

प्रकाशित: २९ फाल्गुन २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App