१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बहराइनका राजाबाट डा.रुइतलाई ‘इशा अवार्ड’ प्रदान

नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारकाे तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन्।

मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा डा.रुइतलाई  राजा हमाद बिन इशा अल खालिफाले  १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहण गर्दै डा.रुइतले भनेका छन्,'म यो सम्मान आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा अर्पण गर्न चाहान्छु।'

उनले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए। बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने उनकाे भनाइ छ। 

डा.रुइतले अहिलेसम्म ५० हजारभन्दा बढी आँखाको शल्यक्रिया गरिसकेका छन्। उनले तिलगंगा आँखा विज्ञान संस्थान, एक गैर-लाभकारी र स्वतन्त्र संस्था, दुई अस्पताल, ज्ञट फिल्ड सेन्टरहरू, र मोबाइल क्लिनिकहरू सञ्चालन गरेका छन् जसले भुटान, थाइल्याण्ड, पाकिस्तान, इथियोपिया, चीन, भारत र उत्तर कोरियालगायत विभिन्न देशहरूमा हजारौं बिरामीहरूलाई सहयोग गरेको छ।

’मानवताको लागि सेवाका लागि ईसा पुरस्कार’ सन् २००९ मा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले स्थापित गरेका हुन्। यो पुरस्कार प्रत्येक दुई वर्षमा व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ। विजेतालाई निर्णायक मण्डलको विज्ञ प्यानलद्वारा कठिन प्रक्रियाबाट चयन गरिन्छ। डा.रुइतलालाई ‘मानवताका लागि सेवा’ गरेबापत इशा अवार्ड प्रदान गरिएको हो।

प्रकाशित: ९ फाल्गुन २०७९ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App