१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त खोपका लागि १५ लाख मात्रा खोप उपलब्ध गराउन गाभी (भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स) लाई पुस २८ गते औपचारिक पत्र पठाएको हो। पत्रअनुसार गाभीले माघ तेस्रो साताभित्र १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभागका अधिकारीले बताए।

‘अतिरिक्त खोपका लागि १५ लाख मात्राले नपुग्ने भएकाले थप १५ लाख मात्रा उपलब्ध गराउन पनि हामीले गाभीलाई पत्र पठाएको छौं’, विभागको खोप शाखाका डा। सञ्जय महासेठले भने। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप पठाउने भएको छ।

पछिल्लोपटक भारत र चीनमा कोरोनाको बिएफ सात नामक प्रजातिको नयाँ भेरियन्टको संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले बुस्टर खोप लगाउन सबैलाई आग्रह गरेको छ। तर बुष्टर डोज खोप लगाउन पनि आकर्षण देखिएको छैन।

पछिल्लो समय विकसित कोरोनाको नयाँ भेरियन्टबाट जोगिन स्थानीय तह र प्रदेशबाट पनि खोपको माग धेरै भएकाले त्यसैअनुसार सरकारले दातृ निकायलाई उपलब्ध गराउन भनेको महासेठले बताए।

कोभिडविरुद्धको खोप पूर्ण मात्रा लिएको तीन महिनापछि अतिरिक्त मात्रा लिनुपर्ने प्रावधान छ। अरिरिक्त मात्रा नलिएकाहरूमा कोभिडको संक्रमण देखिए शरीरमा एन्टिबडीको कमीले गर्दा जटिलता देखिन सक्ने चिकित्सक बताउँछन्। नेपालमा कुल जनसंख्याको २७।३१ प्रतिशत अर्थात् ७९ लाख ७२ हजार ७ सय ९१ जनाले खोपको अत्तिरिक्त मात्रा लगाएका छन्।

प्रकाशित: १३ माघ २०७९ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App