नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। विशेष महाधिवेशन पक्षधरसँग भएका सबै वार्ता र संवाद असफल भएपछि संस्थापन पक्षले केन्द्रीय समिति बैठक अगाडि बढाएको छ।
बैठकले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाही गर्ने तयारी गरेको छ। यद्यपि केही नेताले सहमतिको झिनो सम्भावना अझैँ बाँकी रहेको बताइरहेका छन्।
प्रकाशित: ३० पुस २०८२ १४:४८ बुधबार





