५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मेक्सिकोमा धुम्रपानविरुद्ध सख्त कानुन

दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गरेर धुम्रपानविरुद्ध विश्वकै सबैभन्दा सख्त कानुन कार्यान्वयनमा ल्याएकोछ। यो कानुनअन्तर्गत धुम्रपान सम्बन्धी विज्ञापनमा समेत रोक लगाइएको छ।

दक्षिण अमेरिकाका अन्य राष्ट्रलेसमेत धुम्रपानविरुद्ध कडा कानुन कार्यान्वयनमा ल्याएका छन्। तर मेक्सिकोको नयाँ कानुन सबैभन्दा सख्त र बृहत् रहेको मानिएको छ। यसअघि सन् २००८ यता बार, रेष्टुरेन्ट, कार्यस्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था थियो। तर नयाँ प्रावधान अनुसार सार्वजनिक पार्क, सामुन्द्रिक किनार, होटल, कार्यालय तथा रेष्टुरेन्टमा यो नियम लागु हुनेछ।

यसैगरी धुम्रपानसम्बन्धी विज्ञापनमा पूर्णरूपमा बन्देज लगाइएको छ भने पसलमा समेत देख्नेगरी चुरोट राख्न पाइने छैन। इ-सिगरेट र भेप्सको इन्डोरमा हुने उपयोगमा पनि सख्त रबैया अवलम्बन गरिने भएको छ। नयाँ प्रावधानको पान अमेरिकन हेल्थ अगनाइजेसनले स्वागत गरेको छ र यो प्रावधान ल्याएकोमा मेक्सिको सरकारको प्रसंसा गरेको छ। सो संस्थाले रोक्न सकिने मृत्युमध्ये धुम्रपानजन्य मृत्यु पर्ने बताउँदै अमेरिकी महादेशमा धुम्रपानका कारण १० लाख मानिसको बर्सेनि मृत्यु हुने बताएको छ।

तर,चुरोटका प्रयोगकर्ताले यो नयाँ नियमप्रति आक्रोश व्यक्त गरेका छन्। तर निजी घर र निवासमा भने धुम्रपान गर्ने छुट दिइएको छ। प्रहरीले गर्ने भ्रष्टाचार अत्यधिक रहेको मेक्सिकोमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेसँग प्रहरीले घुस लिन सक्ने कतिपयको आँकलन छ। विविसी

प्रकाशित: २ माघ २०७९ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App