२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:३८ अपराह्न
शिक्षा

एसइई ग्रेडवृद्धि परीक्षामा ४९९ विद्यार्थीका लागि दुई केन्द्र

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को ग्रेडवृद्धि परीक्षामा जुम्लादेखि चार सय ९९ जना विद्यार्थी सहभागी हुनेछन्। उक्त विद्यार्थीका लागि दुईवटा केन्द्र निर्धारण गरिएको छ। 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख सेरबहादुर रोकाका अनुसार जुम्लाको सदरमुकाम खलंगामा अवस्थित चन्दननाथ माध्यमिक विद्यालय खलंगा र जुम्लाको सिंजा गाउँपालिका -३ मा रहेको भैरव माध्यमिक विद्यालय नराकोट गरी दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। चन्दननाथ माविमा ३३ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। 

जसमा त्रिभुवन मावि झारज्वाला, सत्यवादी मावि दशौदी, खड्गगदेवी मावि मणिसाघुँ, शंकर मावि गर्ज्याङ्कोट, चन्दननाथ मावि खलंगा, रत्नचुण्डेश्वर मावि बोहोरा गाउँ, कर्णाली मावि अनामनगर, जनता मावि महत गाउँ, भैरव मावि धुपिढुस्का, चन्दननाथ मावि खलंगा (खुल्ला), शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का, हिमशिखर मावि तातोपानी, दुर्गा मावि लाम्रा, नेत्रज्योति मावि हाँकु, जनजागृति मावि ताम्ती, कालिका मावि टोप्ला, दुर्गा मावि मधुसुर्कीसर्मी, गणेश मावि राका, जनजागृती मावि बारागाउँ, सरस्वती मावि कुडारी, देउराली मावि जुम्लाकोट, सीता मावि रारालिही, जनजागृती मावि घोडेपोखरी, सेतीबाडा मावि नुवाकोट, ज्योति मावि रासामालापानी, कालिका मावि ढिम्कोट, देवीमहादेव मावि रुखेटाचौर, ऋणमोक्ष मावि डिल्लीचौर, सरस्वती मावि रिनी, गंगा मावि पेरे, मालिका मावि लोठचौर, सरस्वती मावि तल्फी र शंकर मावि लोर्पा विद्यालयका विद्यार्थी छन्। 

त्यस्तै, भैरव माविमा १९ विद्यालयका एसइईको ग्रेडवृद्धि परिक्षार्थी सहभागी हुने शिक्षा इकाइ प्रमुख रोकाले बताए। यस्तै भैरव मावि नराकोट, कैलाश मावि फुङ्ग्र, मालिका मावि धापा, महादेव मावि गोठिपिंगी, मावि जोडु, मावि चुलेल गाउँ, कालिका मावि तलिकुडु, राहदेव मावि मोफ्ला, भानु मावि पाथरखोला, कालिका मावि बड्की, नेत्रज्योति मावि ओदी, अन्नपूर्ण मावि मष्टमाडु, कनकासुन्दरी मावि लुड्कु, कोइलीचरी मावि लुम, पाण्डवगुफा मावि कोटघर, नेपाल राष्ट्रिय मावि मालिका बोता, राहदेव मावि बुम्रमाडिचौर, मालिका मावि खिच्चने र मावि बुढुचौतराका विद्यार्थी सहभागी हुनेछन्। 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्राविधिक सहायक खेमराज पन्तका अनुसार साधारण नियमिततर्फ ४ सय ६५ जना र प्राविधिकधारतर्फ ३४ जनागरी कुल ४ सय ९९ जनाले ग्रेडवृद्धि परीक्षाका लागि आवेदन भरेका छन्। जसमध्ये अङ्ग्रेजी विषयतर्फ २ सय ३३ जना, नेपाली विषयतर्फ १ सय ९४ जना, गणित विषयतर्फ १ सय ६८ जना, विज्ञान विषयतर्फ १ सय २४ जना र सामाजिक विषयतर्फ ३९ जना विद्यार्थी छन्। 

एसइईको ग्रेडवृद्धि परीक्षा आउँदो साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २१ श्रावण २०८२ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App