त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डिनको कार्यालयले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
साउन ८ गते सञ्चालन गरिएको एमबीएस प्रथम सेमेस्टरको 'MGT 515: Organizational Behavior' विषयको परीक्षाका प्रश्नहरू परीक्षा सञ्चालनअघि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको हो।
यसले परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको भन्दै डिनको कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार बसेको परीक्षा सञ्चालन समितिको बैठकले यसबारे निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान सम्पन्न गरी आवश्यक कदम चालिने जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३ १३:११ आइतबार



-600x400.jpg)

