२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजारभन्दा बढीको आवेदन

काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिमा २६ हजार ८८८ विद्यार्थीले अनलाइन आवेदन दिएका छन्। 

महानगरपालिकाका अनुसार आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्। तीमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ भने ८४ आवेदन अस्वीकृत भएका छन्। 

विषयगत रूपमा विज्ञान संकायमा सबैभन्दा बढी १८ हजार ९९६ आवेदन परेका छन्। त्यस्तै व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जनाले आवेदन दिएका छन्।   

अनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ महसुस गर्ने विद्यार्थी तथा अभिभावकलाई सहजीकरण गर्न महानगरले सहायता कक्षसमेत स्थापना गरेको जनाएको छ। 

छात्रवृत्तिका लागि नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका क्रममा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।  

प्रकाशित: १२ जेष्ठ २०८३ १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App