२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
शिक्षा

चुनावी माहौलबिच नेल्टा सम्मेलन: निर्वाचन आचारसंहिता पालनामा सचेत

नेपाल अङ्ग्रेजी शिक्षक सङ्घ (नेल्टा) ले अन्तर्राष्ट्रिय शिक्षकहरूको ३० औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै नेल्टा अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीले सम्मेलनबारे जानकारी गराएका हुन् ।

आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका कारण सम्मेलन गर्ने वा नगर्ने भन्ने द्विविधामा रहेको पनि उनले सुनाए ।

हरेक वर्ष ३ दिनसम्म हुने सम्मेलनलाई यस वर्ष भने राजनीतिक परिस्थितिकै कारण २ दिन मात्र आयोजना हुने डाक्टर ज्ञवालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेल्टाका द्वितीय उपाध्यक्ष डा. भीम गौतमले यस पटक १५ देशका करिब ८ सय शिक्षक, अध्येताहरूको मात्र सहभागिता रहने बताए । उनले गत साल २० देशका करिब १ हजार जनाले सम्मेलनमा भाग लिएको जानकारी दिए ।

‘नेल्टाको महाकुम्भ आयोजना गर्ने परम्परालाई तोड्नु हुँदैन भनेर यो विषम परिस्थितिमा पनि हामीले कार्यक्रम आयोजना गरेका हौँ,’ गौतमले भने ।  

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने विषयमा पनि सचेत रहेको पत्रकार सम्मेलनमा नेल्टाले जनाएको छ । सम्मेलनका सबै कार्यक्रमबारे स्थानीय प्रशासनसँगको समन्वयमा अघि बढाएको नेल्टाका प्रथम उपाध्यक्ष जयराम खनालले बताए ।  

जेन्जी आन्दोलनको माग अनुसार नेल्टाको ३० औँ संस्करणमा २० जना भन्दा बढी युवाहरूलाई र्‌यापोर्टरका रूपमा सहभागिताको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

 

प्रकाशित: १४ माघ २०८२ १९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App