२० मंसिर २०८२ शनिबार
image/svg+xml
शिक्षा

पूर्वविद्यार्थीले सम्झियाे विद्यालय

पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री हस्तान्तरण गरेका छन्।

उक्त विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन्। विद्यार्थीहरूले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत दिएका थिए। समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री दिएका हुन्।

शिक्षिका सिर्जना महतले चलाएकाे कार्यक्रममा पूर्व विद्यार्थी सुशील विकले आफूहरूले विद्यालयप्रतिको कर्तव्यबोधका कारण सकेको सहयोग गरेको बताए। आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्यबाेध गराउन कार्यक्रम गरेको उनले बताए। बताउँदै समग्र विद्यालय परिवारलाई धन्यवाद दिए। उनले आउँदाे दिनमा पनि यस्ता कार्यक्रम लिएर विद्यालय आउने प्रतिबद्धता जनाए। उनका अनुसार सामग्री खरिद गर्न देशभित्र र बाहिरका पूर्व विद्यार्थीहरू सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबाेध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाई, सुशील विक, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाको सहयोग रहेको छ।

 

सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले विद्यालयलाई पूर्वविद्यार्थीहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै अन्य विद्यार्थीहरूलाई पनि आफूले सकेको सहयोग गर्न आग्रह गरे।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयले क्रमशः राम्रा काम गर्दै गएको बताउँदै पूर्वविद्यार्थीहरूले पनि विद्यालयको हितमा काम गर्न जोडिनु सुखद भएको बताए। 

प्रकाशित: ६ मंसिर २०८२ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App