९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको सभा: एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो।

यस्तै, उपकुलपति प्रा.डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ।

प्रधानमन्त्री एवं कुुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ।

प्रकाशित: ३१ असार २०८२ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App