१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

नकक्ली प्रणाणपत्र लिएका शिक्षकविरुद्ध अख्तियार

झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि फर्जी शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

शिक्षक निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटना बाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति लिएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा गरिएको अनुसन्धानमा उनले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र फर्जी रहेको पुष्टि भएको हो।

निरौला २०५५ सालमा सो विद्यालयमा प्राथमिक तहको शिक्षकका रूपमा अस्थायी रूपमा नियुक्त भएकी थिइन्। पछि २०७५ चैत २८ गते स्थायी नियुक्ति लिएर प्रावि तृतीय तहकी शिक्षकको रूपमा कार्यरत रहेको पाइएको छ।

नक्कली प्रमाणपत्रमार्फत नियुक्ति लिएर तलब, भत्ता र अन्य सेवा सुविधा प्राप्त गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलामाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

प्रकाशित: २६ कार्तिक २०८२ १६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App