१६ चैत्र २०८० शुक्रबार
शिक्षा

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ। 

नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा रहने जनाएको हो।  

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ। 

साथै, विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरुलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App