२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षा नाफा आर्जन गर्ने थलो होइनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।

बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरुको अनुगमन गर्ने क्रममा मन्त्री पौडेलले भने, 'नीजि विद्यालयहरुले पनि विद्यार्थीहरुलाई न्यूनतम शूल्कमा पढाउनुपर्छ।' पौडेलले राज्यको कानून, प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शूल्कलाई अधिकतम नगरी न्यूनतम शूल्कमा पढाउन नीजि क्षेत्रलाई आग्रह गरिरहेको उल्लेख गरे।

‘नीजि क्षेत्रलार्य नाफा गर्ने होइन की सेवा दिने संस्थाको रुपमा संचालन गर्नुहोस भनिरहेका छौं उनले भने।' पौडेलले सार्वजनिक शिक्षामा भौतिक पूर्वाधार, कानून र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेको औल्याए। ‘यसका निम्ति सरकार लागिरहेको छ’, उनले भने।

पौडेलले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालय सुधार्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको उल्लेख गर्दै शिक्षकहरुले विशेष रुपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ३० चैत्र २०७८ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App