coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

परीक्षा बोर्डद्वारा एसईईको तयारी, भोलिसम्म परीक्षा तालिका प्रकाशित गरिने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले (भोलि) बिहीबार सम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको जानकारी दिएका हुन्।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। रायमाझीकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ।

बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ। यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ। यस्तै बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुल्दै छन्। विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको छ।

प्रकाशित: २६ माघ २०७८ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App