ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले लिम्बू भाषा र लिपि अध्ययन÷अध्यापन गराउने विश्वविद्यालय तहको शैक्षिक केन्द्र बनाउने उद्देश्यले तयार भएको आनिपान(भाषा)सम्बन्धी ऐन पारित गरेको छ।
सिरिजंगा गाउँपालिकाको नियमित गाउँसभा अधिवेशन(दशांैं)ले सामुदायिक विद्यालयमा लिम्बू भाषा र लिपि (आनिपान)अध्यापन गराउने गराउने ऐन, २०७८ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।
उक्त ऐनले लिम्बू भाषा र लिपि अध्यापन गराउने गरी २७ जना भाषा शिक्षकको करार दरबन्दीलाई कानूनी वैधता प्रदान गर्नेछ। ऐन पारित भएसँगै अब उप्रान्त आनिपान(भाषा) शिक्षकलाई प्रचलित श्रम ऐनले तोकेअनुसार न्यूनत्तम सेवा÷सुविधा समेत उपलब्ध गराउन बाटो खुलेको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए।
सिरिजंगा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्मस्थल समेत रहेको स्थलको रुपमा परिचित छ। सिरिजंगासिंह थेबेलाई किराँत लिम्बू लिपिका प्रचारक, सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता, जातिय अस्तित्वका रक्षक, ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ। पालिका अध्यक्ष टीकाराम गुरुङको अध्यक्षतामा गाउँसभा अधिवेशनले पालिकाको बिनियोजन बिधयेक २०७८ का केहि प्रावधानहरुमा प्रथम संशोधन समेत गरेको छ।
उनले पालिकाको नाम नै सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता त्ये अङ्सी सिरिजंगासिंह थेबेको सम्मानबाट रहन गएकोले सिरिजंगा गाउँपालिकामा त्यहिँ भाषा र लिपिको अध्ययन÷अध्यापनको केन्द्र स्थापनाको आधार स्वरुप ऐन निर्माण गरी प्रकृया आरम्भ गरेको जानकारी दिए।
प्रकाशित: २७ पुस २०७८ ०८:४६ मंगलबार