१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

एसईईको स्व–मूल्यांकन पद्धति पुनरावलोकन गर्न मलेपको सुझाव

न्यून जि.पी.ए प्राप्त गर्ने संख्या सतप्रतिशतले घटेको तथा उच्च जि.पी.ए प्राप्त गर्ने संख्या साढे ३ सय प्रतिशतले बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले एसईईको स्व–मूल्याङ्कन पद्धति पुनरावलोकन गर्न सुझाव दिएको छ। 

महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको ५८ औं प्रतिवेदनमा एसईईको परीक्षामा २०७५ को तुलनामा २०७६ को नतिजा न्यून जि.पी.ए प्राप्त गर्ने घटेको तथा २.४ देखि ४ जि.पी.ए प्राप्त गर्ने संख्या बढेको उल्लेख गरिएको छ। सबैभन्दा न्यून जि.पी.ए ०.८ देखि १.१९ सम्म प्राप्त गर्ने सतप्रतिशतले घटेको तथा उच्च जि.पी.ए प्राप्त गर्ने संख्या ३४४.६४ प्रतिशतले बढेको भन्दै मलेपले स्व–मूल्याङ्कन पद्धति पुनरावलोकन गर्न सुझाएको छ। 

यस्तै शैक्षिक गुणस्तर केन्द्रले २०७६ मा १ हजार ८ सय विद्यालयका कक्षा १० मा अध्ययनरत २२ हजार विद्यार्थीको गणित, विज्ञान र नेपाली विषयको सिकाइ उपलब्धि परीक्षण गर्दा गणित, विज्ञान र नेपाली विषयको सिकाइ उपलब्धि आधारभूत तहमा क्रमशः४६,६३ र ३३ प्रतिशत देखिएको तर्फ पनि मलेपले सरोकारवालाको ध्यानाकृष्ट गरेको छ। मलेपका अनुसार २०७५ मा कूलको तुलनामा जि.पी.ए प्रतिशत १.८४ रहेकोमा २०७६ मा कूलको तुलनामा जि.पी.ए प्रतिशत ३.७५ पुगेको छ। यो ११४.०२ प्रतिशतले वृद्धि हो। 

यस्तै २०७५ मा ०.८ देखि १.१९ सम्मको कूलको तुलनामा जि.पी.ए प्रतिशत ०.९७ रहेकोमा २०७६ मा ९९.७२ प्रतिशतले घटेर ०.०१ प्रतिशतमा पुगेको मलेपले जनाएको छ। १.२ देखि १.५९ सम्मको जि.पी.ए.मा २०७५ मा कूलको तुलनामा जि.पी.ए प्रतिशत ९.५५ प्रतिशत रहेकोमा २०७६ मा ९८.७७ प्रतिशतले घटेर ०.११ प्रतिशत तथा १.६ देखि १.९९ सम्मको जि.पी.ए.मा २०७५ मा २०७५ मा कूलको तुलनामा जि.पी.ए प्रतिशत २०.७५ रहेकोमा २०७६ मा ८२.०७ प्रतिशतले घटेर ३.५४ पुगेको पनि मलेपले बताएको छ। २ देखि २.३९ जि.पी.ए.प्राप्त गर्ने संख्या २०७५ मा २१.३८ प्रतिशत रहेकोमा २०७६ मा १९.९४ प्रतिशतले घटेर १६.४४ प्रतिशतमा आएको समेत मलेपले जनाएको छ। 

यसपछिका सबै जि.पी.ए २.४ देखि २.७९ सम्म,२.८ देखि ३.१९ सम्म,३.२ देखि ३.५९ सम्म र ३.६ देखि ४ सम्म २०७५ को तुलनामा २०७६ मा  क्रमशः५३.४६ प्रतिशत,४९.०४ प्रतिशत,५०.८६ प्रतिशत र ३४४.४४ प्रतिशतले वृद्धि भएको भन्दै मलेपले तल्लो तहको ग्रेड पाउने संख्या मोटो परिमाणले घट्नु र माथिल्लो ग्रेड पाउने संख्यामा करिव साढे ३ सय प्रतिशतले वृद्धि हुनुलाई आश्चार्य मानेको छ। मलेपले एसईईको स्व–मूल्याङ्कन पद्धतिका कारण यस्तो भएको भन्दै यो पद्धति सुधार गर्न सुझाएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App