८ वैशाख २०८१ शनिबार
शिक्षा

दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः राई

पदभार ग्रहणकाक्रममा क्याम्पस प्रमुख हिराकुमार राईलाई बधाई दिँदै सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल । तस्बिरः नागरिक

खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः हिराकुमार राई दोहोरिएका छन्। गत चैत मसान्तमा चार वर्षे पदावधि पूरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुनः दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त भएका राईले बैसाख २ गते कार्यभार सम्हालेका छन्।  

पदभार ग्रहणका क्रममा क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यापक लगायतले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्। २०७४ साल बैसाख १ गते क्याम्पस प्रमुखमा नियुक्त राईलाई क्याम्पस सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले पुनः क्याम्पस प्रमुखमा दोहोर्‍याउने निर्णय गरेको थियो।  

२०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो। जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन्।

प्रकाशित: ४ वैशाख २०७८ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App