१० चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

हुम्लाका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ। वडाध्यक्ष कृष्ण बोहराले तीन  विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी  एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए।  

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि  दलित घरधुरीलाई सहयोग गरिएको छ। 

सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमी, उवा, जौ, गहुँलगायत अन्नबाली  कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामासमेत लोप हुने अवस्थामा  छ। यसको निर्माण सामग्री र स्टेशनरी सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७७ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App