२० पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

अंग्रेजी नाम नफेर्ने स्कूल-कलेजको अडान, शिक्षा विभागद्वारा मंसिर मसान्तसम्मको अल्टिमेटम

रुबी रौनियार,  काठमाडौं, मंसिर २६ - सरकारकै अनुमतिमा अंग्रेजी नाम राखिएको भन्दै निजी कलेज तथा उच्च माध्यमिक विद्यालयहरूले नाम नफर्ने अडान राखेका छन्।  दसकौंदेखिको नाम बजारमा ब्रान्ड बनिसकेकाले केहीले विरोध गरेकै भरमा स्कूल तथा कलेजको नाम परिवर्तन गर्न नमिल्ने उच्च माध्यामिक विद्यालय संघ (हिसान)का उपाध्यक्ष रमेश सिलवालले बताए। शिक्षाको गुणस्तरतिर ध्यान नदिई सरकार र सरोकारवाला निकायहरू नामको पछाडि मात्र लाग्नु बेतुकको विषय भएको उनले बताए।  
‘उच्च माध्यामिक शिक्षा परिषद् र सम्बन्धित विश्वविद्यालयबाटै सम्बन्धन लिएर प्लस टु तथा कलेज सञ्चालन गरेका हौं,' गोल्डेनगेट कलेजका अध्यक्षसमेत रहेका सिलवालले भने, ‘हाम्रो कलेजको नाम कानुनतः वैधानिक छ। हामी नाम फेर्दैनौं।'
बजारमा नाम चलिसकेको र आकर्षक पनि भएकाले ब्रान्ड परिवर्तन गर्दा कलेजै डुब्ने चिन्ता उनको थियो। सरकारले अंग्रेजी नाम भएका कलेजलाई कारबाही गर्नुभन्दा त्यस्ता नाममा स्वीवृmति दिने निकायलाई नै पहिला कारबाही गर्नुपर्ने उनको तर्क छ। ‘वर्षौंको रगतपसिना बगाएर ब्रान्ड बनाएका हौं। कसैले विरोध गर्दैमा नाम परिवर्तन गर्नेछैनौं,' शिक्षा पत्रकार सन्जाल (इजोन)ले आयोजना गरेको अन्तर्वि्रmयामा उनले अडान राखे।
शिक्षा विभाग, उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले भने मंसिर मसान्तसम्म अंग्रेजी नाम नफर्ने स्वmुल-कलेजलाई कारबाहीको भइरहेको जनाएको छ।
निजी कलेज सञ्चालकहरूलाई मंसिरभित्र अंग्रेजी तथा विदेशी नाम परिवर्तन गरी नेपाली राख्न निर्देशन दिइसकेकाले त्यसपछि कडा कारबाहीमा उत्रने शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले बताए।
‘मन्त्रालयले नयाँ तयार पारिरहेको निजी विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकामै विदेशी तथा अंग्रेजी नाम परिवर्तन गर्ने निजी कलेजलाई लाग्ने शुल्क मिनाहाको सुविधा गरेको छ,' उनले भने, ‘निजी कलेजले कानुनको उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएकाले विभागले यस्ता कलेजलाई कानुनको दायराभित्र ल्याउने तयारी गरेको छ।'
शिक्षा नियमावलीमै स्वदेशी शैक्षिक संस्थाले नेपाली परिवेश सुहाउँदो कला, संस्वृmति, धार्मिक स्थल आदिको नामबाट मात्र नामाकरण गर्न पाउने व्यवस्था गरेको छ। विदेशी नाम भएका कलेजमा अध्ययनरत विद्यार्थीमा थाहै नपाई नकारात्मक प्रभाव परिरहेको र त्यसले नेपाली मौलिकता गुम्ने त्रास रहेको उनले दाबी गरे।
उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायण कोइरालाका अनुसार मुुलुकभर एक सय ५८ वटा अंग्रेजी नाम भएका प्लस टु छन्। त्यसमध्ये पाँच वटाले मात्र नाम परिवर्तनको निवेदन दिएको जनाए। ‘इन्टरनेसनल लेखिएका १९ प्लस टु छन्, जसमा एउटा पनि विदेशी विद्यार्थी पढ्दैनन्,' उनले भने, ‘परिषद्ले तीन सदस्यीय समिति गठन गरी अंग्रेजी नामका प्लस टुलाई नियमभित्र ल्याउने तयारी गरिरहेको छ।'
यता, त्रिभुवन विश्वविद्यालयले भदौ ७ मा सबै सम्बन्धनप्राप्त निजी कलेजको अंग्रेजी नाम परिवर्तनका लागि निवेदन दिन मंसिर मसान्तसम्म म्याद दिएको थियो। त्रिवि सम्बन्धन महाशाखाका अनुसार त्रिविअन्तर्गत एक सय पाँच कलेजको नाम अंग्रेजी वा विदेशी छ। ‘यसमध्ये ७ वटाले नाम फेर्न निवेदन दिएका थिए,' महाशाखा प्रमुख प्रह्लादराज पन्तले भने, ‘दुई वटाको नाम परिवर्तन गरिसकेको छ, ५ वटा प्रव्रिmयामा छन्।'
उनका अनुसार ललितपुरको नेसनल कलेज फर बिजनेस स्टडिज ओजस्वी कलेजमा बदलिएको छ। यसैगरी बारा सिमराको माउन्ट एभरेस्ट कलेजको नाम शुभारम्भ कलेज भएको छ। जोनवाउल कलेज वmुमारीपाटी, एसियन इन्टरनेसनल कलेज नयाँबजार कीर्तिपुर, मनास्लु नेसनल कलेज नयाँबजार, जिलेट कलेज कालिमाटीको नाम परिवर्तन हुने प्रव्रिmयामा छ।
‘भदौमा कार्यकारीको बैठकले गरेको निर्णय अनुसार सम्बन्धन प्राप्त निजी कलेजले मंसिरभित्रै अंग्रेजी नाम परिवर्तनको निवेदन दिइसक्नुपर्छ,' पन्तले भने, ‘यही शैक्षिक सत्रभित्र सबै कलेजले स्वदेशी कला, संस्वृmति, धार्मिक स्थललगायतको नाममा कलेजको नाम राख्नु पर्छ।' देशको आवश्यकता अनुसार स्वदेशी नामकरणको विषयलाई त्रिविले गम्भीरतापूर्वक उठाएको उनको दाबी छ। समयभित्र नाम परिवर्तन नगरे सम्बन्धन खारेजीसम्मको कारबाही गरिने उनले चेताए।
कार्यव्रmममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ पोख्रेलले शिक्षा मन्त्रालय र विद्यार्थी संगठनबीच भएको सहमतिअनुसार मन्त्रालयले शिक्षण संस्थाको विदेशी नाम मंसिर मसान्तभित्र हटाइसक्नुपर्ने जिकिर गरे।
विदेशी र अंग्रेजी नाम भएका कलेजलाई राज्यले दिएको समयभित्र नाम स्वदेशी बनाउन सुझाव दिँदै उनले कानुन उल्लंघन गरे विद्यार्थी संगठनहरू कारबाहीमा उत्रने चेतावनी दिए। अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले कलेजहरूले आनाकानी गरे विद्यार्थी संगठनहरू संयुक्त रूपमा कडा आन्दोलनमा उत्रन बाध्य हुने जनाए।

प्रकाशित: २५ मंसिर २०६९ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App