२८ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

विद्यालयमा ३ हजार बढी वृक्षारोपण

कालीकोटको खाँडाचक्र नगरपालिका—७ मा रहेको कालिका मा।वि विद्यालय पिलिमा विभिन्न प्रजातिका ३ हजार ७ सय ५० वृक्षारोपण गरिएको छ।

हरित विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयको आर्थिक वृद्धिको लागि एक विद्यार्थी एक वृक्षारोपण अभियान थालिएको हो।

विद्यालयले आफ्नो यरियामा बुद्धचित्त २ सय ३१ बिरुवा,कफी १८ सय बिरुवा,मेकेडेमिया ५ सय बिरुवा,सितल चिनी ५ सय बिरुवा,एभोकाडो ७ सय बिरुवा विद्यालयले रोपेको विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष रमित मल्लले जानकारी दिए ।  उनले विद्यार्थीहरूलाई प्रत्येक हप्ताको एक दिन नो बुक अभियान समेत चलाएको बताए ।

ईको हिमाल नेपालको आर्थिक सहयोगमा ३ हजार ७ सय ५० वृक्षारोपण हो ।  विद्यालयमा विद्यार्थीको सरफाई तथा बिरुवा  र अन्य ज्ञानको लागि समेत यो अभियानले सहयोग गर्ने छ। साथै विद्यालयलाई ४ सय पिस नुहाउने साबुन, ४ सय पिस कपडा धुने साबुन  ईको हिमाल नेपालले सहयोग गरेको छ।

प्रकाशित: ३१ असार २०८२ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App