जिल्लाको किमुगाउँस्थित वसन्त उच्चमाध्यमिक विद्यालय केन्द्रमा भैरब उच्चमाविका एकजना विद्यार्थी पूरक परीक्षामा सामेल भएपछि परीक्षाको आवश्यक व्यवस्थाका लागि सातजना कर्मचारी खटेका हुन्।
जिल्लाभरिबाट एकजनामात्र विद्यार्थीले पूरक परीक्षाको आवेदन गरेकाले उनलाई देलेखमा नै केन्द्र तोकी परीक्षामा सामेल गराउनु परेको केन्द्राध्यक्ष डिल्लीबहादुर खत्रीले बताउनुभयो।
उक्त परीक्षाका लागि पाँचजना सुरक्षाकर्मी र दुईजना प्रशासनिक कर्मचारी खटाइएको छ। रासस
प्रकाशित: ३ भाद्र २०६७ २३:४९ बिहीबार





