एसईई नतिजामा १३.९५ प्रतिशतको सुधार आएको छ। यसपटक ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन्। वर्ष २०८१ को नतिजामा ४७.८६ प्रतिशतले मात्रै ग्रेड पाएका थिए।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३८.१९ प्रतिशत विद्यार्थीहरूले 'ननग्रेडेड' भए। उनीहरूलाई निराश नहुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतले भनेका छन्।
बोर्डका अनुसार गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन्। बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भएपनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुखद् भएको बताए ।
उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।
प्रकाशित: १३ असार २०८२ २१:४७ शुक्रबार





