१९ पुस २०८२ शनिबार
image/svg+xml
शिक्षा

बृहत् विद्यालय सुरक्षा योजनाबारे शिक्षकलाई तालिम

कालीकोटको नरहरिनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका २१ सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बृहत् विद्यालय सुरक्षा कार्ययोजना बनाउने विषयक तीनदिने तालिम सम्पन्न भएको छ।

विभिन्न विपदबाट बालबालिका बढी प्रभावित हुने भएकाले बृहत् विद्यालय सुरक्षा योजना अघि बढाउन तालिम प्रदान गरिएको हो।

बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनी रहँदा कालीकोटको नरहरिनाथ गाउँपालिका ११ र सान्नीत्रिवेणी गाउँपालिकाका १० विद्यालयलाई बृहत् विद्यालय सुरक्षा कार्ययोजनाबारे जानकारी दिइएको हो।

विद्यालयमा सम्भावित विपद् तथा जलवायुजन्य जोखिमहरू पहिचान गर्न, जोखिम न्यूनीकरण, तयारी प्रतिक्रिया तथा पुनर्स्थापनासम्बन्धी योजना बनाउने सीप विकास गर्न, पूर्ण विद्यालय सुरक्षा कार्ययोजना तयार गर्ने, प्रक्रियाबारे अवगत गराउन, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सहकार्य र समन्वयमा आधारित सुरक्षा रणनीति बनाउन र विद्यालयलाई बालमैत्री, समावेशी तथा संकट–प्रतिकारात्मक दिशामा सबल बनाउन यो कार्यक्रम गरिएको किर्डाक नेपाल कालीकोटका परियोजना संयोजक बलिराज शाहीले बताए।

सशक्त बालिका परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्साङ्कन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनबारे जानकारी दिइएको छ।

बृहत् विद्यालय सुरक्षा न्यूनतम् आवश्यकताको प्याकेज, बृहत् विद्यालय सुरक्षा कार्यानवयन कार्यविधि, विद्यालय सुधार योजनाको, प्रकोप, सङ्कटासन्नता तथा क्षमता लेखाजोखा औजारको अभ्यास प्रकोप पात्रो र समन्वय, बृहत् विद्यालय सुरक्षा कार्ययोजनाबारे शिक्षकहरूलाई अभिमुखीकरण गरिएको थियो।

प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालको आयोजनामा सशक्त बालिका परियोजना मार्फत विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नका लागि ठुलो सहयोग गरेको शिक्षक तपेन्द महताराले बताए।

किर्डाक नेपालले गरेका हरेक क्रियाकलाप प्रभाबकारी भएको शिक्षक पन्खबहादुर बिष्टले बताए। यो बृहत् विद्यालय सुरक्षा कार्ययोजना विषयक तालिमले दुर्गम ठाउँका विद्यालयका लागि एकदमै आवश्यक रहेको बताए।

प्रकाशित: २ जेष्ठ २०८२ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App