बुधबार (हिजो) सरकारसँग ९ बुँदे समझदारी गरेको शिक्षक महासङ्घको समीक्षा बैठकमा हंगामा मच्चिएको छ।
शिक्षक महासङ्घले सरकारसँग गरेको समझदारीमा विद्यालय कर्मचारी परिषद्ले असहमति जनाएको छ।
महासङ्घले आज दिउँसो बानेश्वरस्थित रत्नराज्य माविमा समीक्षा तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो।
परिषद्का प्रतिनिधिहरू असहमति राख्दै कार्यक्रम स्थल पुगेपछि हंगामा मच्चिएको हो।
परिषद्का प्रतिनिधिहरूले आफूमाथि महासङ्घले छल गरेको आरोप लगाएका छन्।
प्रकाशित: १८ वैशाख २०८२ १४:१५ बिहीबार





