६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षक आन्दोलन अनिश्चित बन्दै गएपछि खुल्न थाले सामुदायिक विद्यालय

शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि यहाँका सामुदायिक विद्यालय खुल्न थालेका छन्।  

सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन्। कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए।

इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन्। आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन्। यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरन छन्। रासस

प्रकाशित: १६ वैशाख २०८२ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App