२ वैशाख २०८२ मंगलबार
image/svg+xml १९:१५ अपराह्न
शिक्षा

त्रिवि उपकुलपतिलाई नेविसंघको प्रश्नः कार्ययोजना कार्यान्वयन किन नगरेको ?

नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बराललाई एक पत्र लेख्दै आफ्नो सुझाव कार्यान्वयन भए/नभएको जबाफ मागेको छ। नेविसंघ केन्द्रीय समितिले सोमबार एक पत्र लेख्दै सुझावको जबाफ मागेको हो। 

नेविसंघले विश्वविद्यालयको गुणात्मक रूपान्तरणको माग गर्दै व्याप्त विकृति, विसङ्गति निर्मूल गर्न २०८० चैत १८ गते सुझाव पत्र बुझाएको जनाएको छ। ‘हामीले सुझाएका समस्या समाधानका उपाय आंशिक रूपमा कार्यान्वयन त गर्नुभयो । तर पूर्ण रूपमा कार्यान्वयन भएको नदेखिएपछि हामीले जबाफ मागेका छौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने, ‘यसबाहेक उपकुलपति ज्युले आफ्नो ४ वर्षे कार्यकालको सोच पत्र र व्यावसायिक कार्य योजना कार्यान्वयन भए नभएको विषयमा जवाफ माग गरेका छौँ।’  

हालसम्म नेविसंघले पटक पटक बुझाएको ज्ञापन पत्र, ध्यानाकर्षण पत्र र सुझाव पत्रउपर कुनै संवाद, छलफल एवं समन्वयसमेत नभएको उनले बताए। विश्वविद्यालयले गुणात्मक रूपान्तरणका लागि उठाएका मागहरू सम्बोधन नगरे पदाधिकारीविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने विषयमा पनि उपकुलपतिलाई सचेत गराइएको प्रवक्ता सेजुवालले जानकारी दिए। 

प्रकाशित: १२ फाल्गुन २०८१ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App