७ वैशाख २०८२ आइतबार
image/svg+xml २१:३६ अपराह्न
शिक्षा

ताप्लेजुङबाट करिव २३ सय विद्यार्थीले यो वर्षको एसइई लेख्ने

आउँदो चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ताप्लेजुङबाट करिब दुई हजार तीनसय विद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।  

शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार २०८१ सालको एसइई परीक्षामा २ हजार २ सय ७२ परीक्षार्थी हुनेछन् । भट्टराईका अनुसार साधारणतर्फ १ हजार ४ सय १५ जना नियमित र ७ सय १० जना ग्रेडबृद्धिका गरी कुल २ हजार १ सय २५ जना परीक्षार्थी हुनेछन् ।  

यस्तै प्राविधिकधारतर्फ १ सय २२ जना नियमित र २५ जना ग्रेडबृद्धिका गरी कुल १ सय ४७ जना परीक्षार्थी हुनेछन् । जिल्ला परीक्षा समन्वय समितिले ताप्लेजुङका लागि १७ वटा केन्द्र हुने निर्णय गरेको छ । गत बर्षको परीक्षामा समेत यहाँ १७ वटा केन्द्र थिए । 

प्रकाशित: २३ माघ २०८१ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App