२७ पुस २०८१ शनिबार
image/svg+xml
शिक्षा

कटारीका पाँच विद्यालयले पक्की भवन पाउँदै

भवन शिलान्यास गर्दै सांसद अम्मर रायमाझी। तस्बिरः महेश्वर/नागरिक

जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाका विभिन्न विद्यालयहरू पक्की भवनयुक्त हुन लागेका छन्। गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूलाई भौतिक संरचनायुक्त बनाउने लक्ष्य अनुरुप सङ्घीय सरकारको सहयोगमा भवनहरू बन्न लागेका हुन्। 

जस अनुसार चालु आर्थिक वर्ष सुरु गर्ने गरी कटारीका ५ वटा विद्यालयलाई पक्की भवन निर्माण गर्न बजेट व्यवस्था गरिएको छ। कटारी ५ स्थित सरस्वती मावि भोर्ले, कटारी ७ रिस्कुस्थित जनप्रेमी मावि, कटारी ११ को सरस्वती मावि हर्देनी, कटारी १४ स्थित चन्द्रावती मावि लेखानी, कटारी १३ को मयङ्खु माविकका लागि पक्की बनाउन बजेट व्यवस्था गरिएको छ।

ती सबै विद्यालयका लागि प्रत्येकलाई ५० लाखका दरले बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। भौतिक संरचना निर्माण गरी विद्यालयलाई शैक्षिक आकर्षण दिन सरकारले भवन निर्माणमा बजेट विनियोजन गरेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। ती सबै विद्यालय भवनहरू चालु वर्ष नै निर्माण सुरु गरेर यसैवर्ष सक्नुपर्ने पनि मेयर श्रेष्ठले बताए।

जसमध्ये मावि भोर्लेको भवनको शुक्रबार शिलान्यास गरिएको छ। प्रतिनिधिसभा सदस्य अम्मर रायमाझी, मेयर श्रेष्ठ र उपमेयर गीता खड्काले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन्। शिलान्याससँगै भवन निर्माणको काम सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले बताए।

अध्यक्ष थापाका अनुसार भवन निर्माणको जिम्मा युके कन्ट्रक्सन/देवी निर्माण सेवा जेवीले पाएको छ। विद्यालय भवन अभवामा पठनपाठनमा समस्या भईरहेकाले अब केही सहज हुने पनि थापाले बताए। निर्माण व्यवसायी प्रतिनिधि इन्जिनियर रामभुवन चौधरीले पछि ४ कोठे बनाउन मिल्नेगरी हाललाई भर्याङसहित दुई कोठाको भवन बनाइने छ।

प्रकाशित: २७ पुस २०८१ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App