२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिभुवन विश्वविद्यालय सभा स्थगित

सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।

यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए।  

प्रकाशित: ३० असार २०८१ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App