२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिविमा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन तालिम

त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।

तालिममा अनुसन्धानकर्ता उपप्राध्यापकको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत कार्यरत उपप्राध्यापक र सहायक प्राध्यापक गरी २५ जना सहभागी छन्।  

कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले व्यावहारिक ज्ञान निर्माण र समसामयिक चुनौती सम्बोधन गर्न तथ्यांक विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए। अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालय उत्कृष्ट बन्ने हुँदा जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र काठमडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसनले गरेको कामको उनले प्रशंसा गरे।

शैक्षिक भविष्यलाई आकार दिन यस्ता कार्यक्रमले मद्दत गर्ने भन्दै बरालले त्रिविमा कार्यरत प्राध्यापक एवं अध्ययनरतलाई विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए। उनले तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो र आफ्नो संस्थाको प्रभावकारी अभिवृद्धि गर्न सहभागीलाई विशेष अनुरोध गरे।

कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनिल अर्यालले विश्वका सबै विधा तथ्यांक विश्लेषण एवं वैज्ञानिक लेखनमा केन्द्रित हुँदै गएको र तथ्यांक नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेको हुँदा उपप्राध्यापकलाई यसप्रकारको तालिमले अनुसन्धानमा महत्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताए।

तालिमले राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरका जर्नलहरूमा समेत लेखहरू प्रकाशित गर्न उत्पेरित गर्ने र समग्रमा प्राज्ञिक क्षमताको विकास हुने अपेक्षा उनको थियो। उनले तालिममा सहभागीहरूलाई विषयविज्ञसँग अत्यन्तै उत्सुक भई तालिमलाई भरपुर उपयोग गर्नसमेत आग्रह गरे।  

कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिवेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा केसिआरइका निर्देशक प्रा.डा. बाइक्विङ सुले दुवै देशको वैज्ञानिक अनुसन्धानको तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्न केसिआईले त्रिविको समग्र प्राज्ञिक उनन्यनका लागि महŒवपूर्ण सहयोग पुर्‍याउँदै आइरहेको र युवा अनुसन्धानकर्मीलाई अनुदान, विभिन्न तालिमको आयोजना, वैज्ञानिक सम्मेलनका लागि सहयोगलगायतका पक्षमा सहकार्य गरिरहेको जनाए।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्यालले विभागले निरन्तररूपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सहकार्यमा विभिन्न वैज्ञानिक सम्मेलन, कार्यशाला एवं तालिमको अयोजना गर्दै आइरहेको र युवा उपप्राध्यापकको प्राज्ञिक विकास र क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिँइदै आइरहेको जनाए।

कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं केसिआरइका उपनिर्देशक डा. विनोद दवाडीले तालिमबारेमा विशेष प्रकाश पार्दै तालिममार्फत अनुसन्धान र लेखन क्षमताको विकास गर्ने, जर्नल प्रकाशनमा उत्पेरित गर्ने र उपप्राध्यापकलाई पुनर्ताजकी गर्दै आफूले जानेका विषय लाई निरन्तर अद्यवधिक गर्ने उद्देश्य राखिएको बताए।

स्थापनादेखि नै त्रिविको प्राज्ञिक उन्नयनमा केसिआरइले महŒवपूर्ण सहयोग गर्दै आइरहेको र आगामी दिनमा त्रिविमा वैज्ञानिक सहकार्यलाई थप क्रियाशील गराउँदै समग्र विज्ञानको विकासमा कार्य गर्ने बताए।

प्रकाशित: १२ वैशाख २०८१ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App