१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

भारतद्वारा संखुवासभामा उच्च प्रभाव सामुदायिक विद्यालय भवन शिलान्यास

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ।

भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले शिलान्यास गरेका हुन्।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तले शैक्षिक तथा प्रशासनिक भवन निर्माणमा उपयोग गरिनेछ। भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे। सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन्। जसमा दुईवटा  परियोजना संखुवासभामा छन्।

प्रकाशित: २७ चैत्र २०८० ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App