१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।  

जापान सरकारको ग्रासरुट ह्युमानिटी प्रोजेक्टअन्तर्गत सो विद्यालयका लागि कक्षा कोठा भवन निर्माण गरिएको जापानी राजदुतावासले जनाएको छ।  

नेपालस्थित जापानी दुतावासका चार्ज डि अफेएर्स तामुरा ताकाहिरोले बुधबार आयोजित भवन हस्तान्तरण समारोहमा बोल्दै नवनिर्मित भवनले विद्यार्थी तथा शिक्षकलाई सिक्ने तथा सिकाउने वातावरण निर्माणमा सहयोग पुर्‍याउने बताए।  

सन् १९६० मा स्थापना भएको यो विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन्। यसअघि ४० वर्षअघि निर्माण गरिएको विद्यालय भवनमा कक्षा सञ्चालन हुँदै आएकोमा ११ कोठा रहेको दुईतले नयाँ भवनमा कक्षा सञ्चालन हुनेछन्। यो भवनमा छात्र तथा छात्राका लागि शौचालय पनि निर्माण गरिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App