२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसईई परीक्षा केन्द्र : दुई हजार बढी परीक्षार्थी सहभागी हुँदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइई परीक्षा केन्द्र तोकिएको छ। आगामी चैत १५ देखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका निमित्त प्रमुख लालसरी बुढाक्षेत्रीले बताइन्।

गत वर्ष १७ वटा परीक्षा केन्द्र तोकिएको थियोे। यो वर्ष भानु मावि पातरखोलालाई हटाइएको छ। ऋणमोक्ष मावि डिल्लीचौर, त्रिभुवन मावि झारज्वला, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, चन्दनाथ मावि खलंगा, कर्णाली मावि अनामनगर, जनता मावि महतगाउँ, दुर्गा मावि लाम्रा, हिमशिखर मावि तातोपानी, सरस्वती मावि कुडारी, सीता मावि रारालिही, कालिका मावि तलिकुडु, राहदेव मावि मोफ्ला, भैरव मावि नराकोट, मालिका मावि धापा,सरस्वती मावि तल्फी र कनकासुन्दरी मावि लुड्कुमा परिक्षा केन्द्र तोकिएको उनी बताउँछिन्।

उनका अनुसार यस वर्ष जुम्लामा दुई हजार ५ सय ५७ जना परीक्षार्थी सहभागी हुनेछन्। नियमिततर्फ दुई हजार ५ सय २७ र एक्जामटेड (ग्रेडवृद्धि) तर्फ ३० जना विद्यार्थी सहभागी हुने निमित्त प्रमुख लालसराले बताइन्।

यस्तै प्राविधिक धारमा छात्रतर्फ ६५, छात्रातर्फ  ६९ जना गरी कुल १ सय ३४ परीक्षार्थी छन् भने साधारणतर्फ छात्र एक हजार २ सय ६२ र छात्रातर्फ एक हजार १ सय ३१ जना गरी कुल दुई हजार ३ सय ९३ जना परीक्षार्थी सहभागी हुँदै छन्। ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौर परीक्षा केन्द्रबाट १ सय २६ परीक्षार्थी सहभागी हुनेछन् ।

त्रिभुवन मावि झारज्वाला केन्द्रबाट ९४ जना, रत्नचुण्डेश्वर मावि बोहोरागाउँमा १ सय ९४, चन्दनाथ मावि खलंगामा १ सय १८, कर्णाली मावि अनामनगरमा २ सय ११ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाले जनाएको छ।

यस्तै जनता मावि महतगाउँबाट ९३, दुर्गा मावि लाम्रामा १ सय २१, हिम शिखर मावि तातोपानीबाट १ सय ९५, सरस्वती मावि कुडारीबाट १ सय ७२, सीता मावि रारालिहीबाट २ सय १२, कालिका मावि तलिकुडुबाट १ सय ४६, राहदेव मावि मोफ्लामा १ सय ४०, भैरव मावि नराकोटमा १ सय ५५, मालिका मावि धापामा २ सय र कनकासुन्दरी मावि लुड्कुमा १ सय ९४ जना विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षालाई शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको प्रमुख बुढाक्षत्री बताउँछिन्। गत वर्ष एसइईमा जुम्लामा दुई हजार ७ सय १५ जना परीक्षार्थी सहभागी थिए।

प्रकाशित: १८ फाल्गुन २०८० १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App