१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। पछिल्लो केहि दिनदेखि तराई मधेशमा शितलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक साताका लागि विद्यालय बन्द गरिएको हो।

रौतहटका पाँच पालिकाका विद्यालय र क्याम्पस आजदेखि माघ २ गतेसम्मका लागि बन्द गरिएको छ।

रौतहटको मौलापुर, गढिमाइ, फतुवा बिजयपुर, राजदेवी र चन्द्रपुर नगरपालिकाका विद्यालयहरू जाडोका कारण बन्द गरिएको हो भने कटहरिया नगरपालिकाको कटहरिया बहुमुखी क्याम्पस पनि बन्द गरिएको छ।

लागातार जाडो बढेको, बिहान वाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको, घाम पनि अवेरसम्म नलाग्ने तथा चिसो हावा चल्ने गरेको कारणले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै यो निर्णय गरिएको हो।

शिक्षा ऐनले एक शैक्षिक सत्रमा ४५ दिन वर्षे बिदा दिने वयवस्था गरेकोले सोही बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गरिएको शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ।

प्रकाशित: २४ पुस २०८० ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App