२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुने

त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ। दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य र प्रधानमन्त्री पुष्पकमल दाहालको आतिथ्यमा हुने दिक्षान्त समारोह अबको केहीबेरमा सुरु हुनेछ।

त्रिभुवन विश्वविद्यालयले यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको सूचना जारी गर्दै जनाएको छ। २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म उत्तिर्ण भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४१५ जना दीक्षित हुन लागेका हुन्।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ।

यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ। लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो। उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ।

प्रकाशित: २ पुस २०८० ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App