११ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

आज विश्व शिक्षक दिवस

तस्बिर सौजन्यः युनेस्को

आज विश्व शिक्षक दिवस मनाइँदैछ। ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ मूल नाराका साथ यस वर्षको शिक्षक दिवस मनाइँदैछ।

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा यो दिवस मनाउने गरिन्छ।समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो। 

दिवसको अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना पनि गरिँदैछ।

प्रकाशित: १८ आश्विन २०८० ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App