१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘पानीले जलमग्न कक्षाकोठा, कहाँ गएर पढ्ने?’

कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्।

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। ‘जस्तापाता पूरै उडाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौं तर केही सुनुवाइ भएको छैन’, उनले भने, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ।’

कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त  भवनमा बसालेर पठनपाठन गराइरहेको बताए। उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टर लगायतको काम बाँकी छ।

‘न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ’, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने, ‘भुइँमा पनि ठूलाठूला ढुंगा मात्र छन्, हामीलाई बस्नलाई निकै समस्या छ।’

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। ‘जस्तापाता पूरै उडाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौं तर केही सुनुवाइ भएको छैन’, उनले भने, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ।’

हावाले उडाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन्।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताए।

विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिंदै उनले यसरी अव्यवस्थित तरीकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए। उनका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ।

‘खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने?’ विद्यार्थी वर्षा ओडले भने, ‘विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ।’

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए।

विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिंदै उनले यसरी अव्यवस्थित तरीकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए। उनका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ।

‘विद्यालयमा शिक्षक पनि कम छौं,ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ’, उनले भने, ‘खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ।’  

प्रकाशित: १८ श्रावण २०८० ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App