१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

गर्मी बढे पछि कपिलवस्तुका २ पालिकाका बिद्यालयमा बिदा

गर्मी अत्यधिक बढदै गए पछि पठनपाठनमा समस्या आएको जनाउदै कपिलवस्तु  २ पालिकाका बिद्यालय बन्द गरिएका छन। कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले बिदालय बन्द गर्ने निर्णय गरेका हुन। 

जिल्लाका अन्य ८ स्थानीय तहले समेत गर्मी बढे पछि बिदालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन। कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले ५ दिन र बाणगंगा नगरपालिकाका बिद्यालयका प्रअहरुको बैठकले एक हप्ता गर्मी बिदा दिने निर्णय गरेका हुन।

कपिलवस्तु नगरपालिकामा जेठ २२ देखि २६ जेठ सम्म र बाणगंगा नगरपालिकामा जेठ २२ देखि २८ जेठ सम्म बिद्यालयमा बिदा दिइएको छ। कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढदै गए पछि पठनपाठनमा समस्या आएकाले बिद्यालय ५ दिन बिदा दिइएको बताए।पठनपाठनमा समस्या आएकाले एक हप्ताकालागि बिदा दिइएकोे बाणगंगा नगरपालिकाका शिक्षा शाखाका खिम बहादुर जिसिले बताए। 

जिल्लाका अधिकांस बिद्यालय टीनको छानो भएको र बिद्यतु समेत अनियमित हुने गरेको छ। जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरु बताउछन। कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र  रामनगर अनुसार एक साता यता जिल्लाको तापक्रम ४० देखि ४३ डिग्री सम्म पुगेको छ। गर्मीका कारण जिल्लाका अधिकांश विद्यालय विहानमा सञ्चालन हुँदै आएका छन्। गर्मीका कारण साना बालबालिकाहरु कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउछन।

प्रकाशित: १९ जेष्ठ २०८० १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App