coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने

संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो।

सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चिता गर्ने पनि बताएको छ।

त्यस्तै शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरुलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ। उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रश्तुत गरेकाे निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

उनले भने, ‘संघीय शिक्षा ऐन यही अधिवेशनबाट पारित गरिनेछ। विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गरिनेछ। यस वर्ष जस्तै प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चित गरिनेछ। शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरु एकद्वार प्रणालीमार्फत् वितरण गर्ने प्रवन्ध मिलाइनेछ। उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिनेछ। हरेक प्रदेशभित्रका विशिष्टिकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुलाई एकै विश्वविद्यालयको छाता अन्र्तगत रहनेगरी पुर्नसंरचना गरिनेछ। चिकित्सा शिक्षालाई एकीकृत र योजनावद्ध रुपमा बिस्तार गर्न चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिनेछ । यस सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेश गरिनेछ। एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिनेछ।

 

प्रकाशित: ५ जेष्ठ २०८० १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App