२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विद्यार्थीले निर्वाचनबाट छाने नेता

भक्तपुरको एउटा स्कुलका बालबालिकाले मंगलबार निर्वाचनबाट आफ्ना नेता (नेतृत्व) छानेका छन्। भक्तपुर नगरको देकोचास्थित जेन्युइन स्कुलका विद्यार्थीले मतदान गरेर आफ्ना आठजना नेता छनोट गरेका हुन्।

स्कुलले जनाएअनुसार स्कुलमा चारवटा सदन छन्। प्रत्येक सदनमा एकजना नेता र अर्का उपनेता निर्वाचनबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ। चुनावमा कक्षा ४ देखि कक्षा १० सम्मका ६ सयभन्दा बढी विद्यार्थीले मतदान गरेका थिए।

स्कुलका सहप्रधानाध्यापक राज धौभडेलले विद्यार्थीलाई आफ्ना नेता आफैं छान्नका लागि चुनाव गराएको जनाए। उनका अनुसार प्रत्येक सदनबाट नेताका लागि तीनतीन जना र उपनेताका लागि तीनतीन जना गरी कुल १२ जना गरी कुल २४ जना चुनावी मैदानमा उत्रिएका थिए। उनीहरूमध्ये प्रत्येक सदनबाट एकएक जना नेता र एकएकजना उपनेता गरी चारचार जना नेता र चारचार जना उपनेता गरी कुल आठजना निर्वाचित भएका छन्।

भक्तपुरको एउटा स्कुलका बालबालिकाले मंगलबार निर्वाचनबाट आफ्ना नेता (नेतृत्व) छानेका छन्।

आयुक्त स्कुलका शिक्षक विश्वबहादुर दुवालले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए। त्यसअनुसार उम्मेदवार मनोनयन, दाबी विरोध, अन्तिम नामावली, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो। त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो। त्यसअनुसार गोप्य मतदान गराइएको थियो। बिहान १२ बजेबाट सुरु भएको निर्वाचन साँझ सकिएको थियो। मतदान सकिएपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको थियो। त्यसअनुसार मंगलबार नै विजयीको नाम घोषणा गरिएको थियो। विजयी उम्मेदवारको बुधबार विजय र्‍याली निकालिने जनाइएको छ।

आयुक्त स्कुलका शिक्षक विश्वबहादुर दुवालले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए।

स्कुलले जनाएअनुसार निर्वाचित नेताहरूले स्कुलका हरेक अरिरिक्त क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन्। उनीहरूले पूरै स्कुलका छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन्। चार कक्षाभन्दा मुनिका बालबालिकालाई निर्वाचनमा भाग लिन लगाइएको थिएन।

जेन्युइन जिल्लाकै एउटा उत्कृट स्कुल हो। एसईईमा बोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलका विद्यार्थी पनि बोर्डमा आउन सफल भएका थिए।

प्रकाशित: २७ वैशाख २०८० ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App