coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

क्लिनिकल कानुनी शिक्षाबारे नर्वेजियन राजदूतले लिइन् जानकारी

अन्तर्क्रियामा सहभागी हुँदै नेपालका लागि नर्वेजियक राजदूत टोरूल ड्रामदल लगायत। तस्बिर:नागरिक

नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को भ्रमण गरी क्लिनिकल कानुनी शिक्षाबारे जानकारी लिएकी छिन्।  पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को मंगलबार  भ्रमण गरी राजदूत टोरुलले नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको ‘क्लिनिकल कानुनी शिक्षा’ कार्यक्रमबारे जानकारी लिएकी हुन्। 

भ्रमणका क्रममा राजदूत टोरुलले विद्यार्थी तथा पदाधिकारीहरूसँग अन्तरक्रियासमेत गरेकी थिइन्। विश्वविद्यालयले सञ्चालन गर्दै आएको क्लिनिकल कानुनी शिक्षा सञ्चालन प्रक्रिया, कार्यक्रमका लागि विद्यार्थी छनौट प्रक्रिया लगायतका विषयमा राजदूत ड्रामदलले जिज्ञासा राखेकी थिइन्। क्लिनिकल कानुनी शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीले आफ्नो अनुभव राजदूतको टोली समक्ष सुनाएका थिए। 

विद्यार्थीहरूले क्लिनिकल कानुनी शिक्षा विषयमा कोटा थप गर्न माग गरेका थिए। क्लिनिकल कानुनी शिक्षा कार्यक्रमलाई निरन्तरता दिन सहमत भएको र विद्यार्थीको संख्या थप गर्न आफूहरू सकारात्मक रहेको राजदूत ड्रामदलले जानकारी दिइन्। राजदूत ड्रामदललाई पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानूनशंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल,निर्देशक महेशप्रसाद निरौला, क्लिनिकल कानुनी शिक्षा कार्यक्रमका फोकल पर्सन दीपक खतिवडालगायतले स्वागत गरेका थिए। 

अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका तर्फबाट डीनहरू प्रा. डा. अनिलकुमार पोखरेल, प्रा. डा. बिजुकुमार थपलिया, देवीप्रसाद भट्टराई, योजना महाशाखा प्रमुख कोमलप्रसाद दुलाल, निर्देशक महेशप्रसाद निरौला, निर्देशक उत्तम कुमार रेग्मी, पूर्व निर्देशक डा. रमेशवावु काफ्ले लगायत सहभागी थिए। नर्वेजियनतर्फबाट राजदूत ड्रामदल, काउन्सिलर अनिलाखान सहित युएनडीपीका प्रतिनिधाहरूको सहभागिता रहेको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ। 

प्रकाशित: १ चैत्र २०७९ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App