coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालय भवन निर्माण अधुरै

दार्चुलाको शैल्यशिखर नगरपालिका-७ स्थित हुनैनाथ माध्यमिक  विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ।

शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो। बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो। भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए।

नगरपालिकाले विद्यालय भवन निर्माणका लागि छ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए।

‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन’, उनले भने। विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो। भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताए।

२०४० सालमा स्थापनमा भएको उक्त विद्यालयमा हाल १० कक्षासम्मको पठनपाठन हुँदै आएको छ। हाल यहाँ दुई सय १५ विद्यार्थी छन्। भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा दुई वटा कक्षाको पठनपाठन गर्नु परिरहेको प्रधानाध्यापक जोशीले बताए।

स्थानीय तहसँग पटकपटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनी बताउँछन्। रासस

प्रकाशित: १ चैत्र २०७९ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App