६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

विराटनगरमा एभरेष्ट कर्निभल आयोजना हुने

विराटनगर स्थित  एभरेस्ट एजुकेसन फाउन्डेसनले ‘एभरेस्ट कार्निभल’ को आयोजना गर्ने भएको छ। मंगलबार  पत्रकार सम्मेलन गरी एभरेस्ट कलेज परिसरभित्र पहिलोपटक माघ २७ देखि २९ गतेसम्म ‘एभरेस्ट कार्निभल’ आयोजना गर्नलागेको जानकारी दिएको हो।

एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले  कर्निभलमा दुई दिनसम्म अभिभावक दिवस पनि मनाइने जानकारी दिए। उनका अनुसार पहिलो दिन ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाइने छ। कार्यक्रमा  विद्यार्थीले आ–आफ्ना कला समेत प्रस्तुत गर्नेछन्।

यस्तै दोस्रो दिनका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितिमा अभिभावक दिवस मनाउने तयारी गरिएको पुरीले बताए। यसैगरी कार्निभलको आकर्षणका रूपमा एकै पटक एक सय जनाले अवलोकन गर्न मिल्ने प्लानेटेरियम राखिनेछ।  

विद्यार्थीहरूद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणित तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरू प्रदर्शनीमा राखिनेछ। कलेज परिसरमा १८ वटा स्टलहरू राखिने प्रिन्सिपल पुरीले जानकारी दिए। ती स्टलहरूमा विभिन्न अन्वेषणात्मक परियोजनाहरूको प्रदर्शनी, कला प्रदर्शनी, मिनी म्युजियम र समेत रहने छ । कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। कर्भिनलको अन्तिम दिन  माघ २९ गते गायक कालीप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अन्जु गौतमको साङ्गीतिक कन्र्सटको समेत आयोजना गरिने छ। कार्निभलमा विद्यार्थी, अभिभावक तथा विराटनगरका बुद्धिजीवी र आम जनसमुदाय गरी करिब २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा  गरेको फउण्डेशनले जनाएको छ।  

प्रकाशित: २४ माघ २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App